बीपीले राजसंस्था र दल मिल्दा देश बन्छ भनेर ढिलामात्रै बुझ्नुभयो : मनिषा कोइराला

कान्तिपुर संवाददाता

काठमाडौँ — अभिनेत्री मनिषा कोइरालाले आफ्ना हजुरबुवा बीपी कोइरालाले राजसंस्था र दलहरू मिल्दा देश बन्छ भनेर ढिलामात्रै बुझेको टिप्पणी गरेकी छिन् । उनले बीपी र तत्कालीन राजा महेन्द्रबीच राम्रो सम्बन्ध र एकअर्कामा आदर राख्ने गरेको बताइन् ।

बीपीले राजसंस्था र दल मिल्दा देश बन्छ भनेर ढिलामात्रै बुझ्नुभयो : मनिषा कोइराला

‘धेरै पहिले बीपी बा' र महेन्द्र सरकार एक अर्कामा आदर राख्नुहुन्थ्यो । तर उहाँहरूले कहिल्यै पनि सहकार्य गर्ने मौका पाउनुभएन । त्यतिखेर मुलुकले ठूलो अवसर गुमायो,’ काठमाडौंको बसन्तपुरमा राप्रपाले गरेको चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले भनिन्, ‘अहिले त्यस्तै मौका अहिले तपाई हाम्रो ढोकामा आएको छ । अब यो मौकाले हामीले गुमाउनु हुँदैन ।’

उनले राजेन्द्र लिङ्देनको व्यक्तित्व र भाषणबाट प्रभावित भएर आफू राप्रपाको पक्षमा उभिएको स्पष्ट पारिन् । ‘म आज राजेन्द्र लिङ्देनजीको मुख हेरेर, उहाँको भाषण सुनेर यहाँ उभिएको छु । उहाँले भन्नुभएको थियो कि भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुजस्तै हो । त्यो सुनेपछि मलाई लागेको थियो कि अब चाहिँ नेपालले साँच्चिकै असल नेता पायो भन्ने लाग्यो । त्यसैले म यहाँ उभिएकी छु,’ उनले भनिन्, ‘अरूले बिर्सिए होलान् । तर, राजेन्द्र लिङ्देनजीले बीपी बालाई बिर्सिनुभएको छैन । बीपी बाको मेलमिलापको नीति, जुन उहाँले बताउनुभएको थियो । बीपी बा’ले धेरै बाटोबाट निस्किनुभयो, तर अन्त्यमा आएर उहाँले बुझ्नुभयो कि हाम्रो राजसंस्था र बहुदलीय व्यवस्था एउटै बाटोमा आउनुपर्छ, र त्यसले नेपाल सुदृढ हुन्छ भनेर ।’

अभिनेत्री कोइरालाले नेपाली जनताले आफूलाई सधैं माया गरेको उल्लेख गर्दै त्यसले आफूलाई गौरवबोध गराएको समेत बताइन् ।

प्रकाशित : कार्तिक २५, २०७९ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?