कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लालपुर्जा हातमा, जमिन छ कोसीमा

०२२ सालदेखि कोसीपीडितलाई मुआब्जा न पुनर्वास, कोसी नदी बगिरहेको जग्गाको मालपोत कर भने बर्सेनि असुली
कोसीका कारण विस्थापितलाई भारतले क्षतिपूर्ति दिनुपर्ने हो तर नेपालले त्यसमा औपचारिक जानकारी वा दबाब दिन सकेको छैन
कान्तिपुर संवाददाता

काठमाडौँ — कोसीको भेलमा छोपिएको आफ्नो जमिनको लालपुर्जा बोकेर दिलबहादुर थापा राजधानी काठमाडौं आएका थिए, ५० वर्षअघि । पानीमुनिको त्यही जमिनको क्षतिपूर्ति खोज्दै उनका छोरा मानबहादुर पनि काठमाडौं धाइरहे, २०६४/६५ सालसम्मै । अहिले नाति प्रह्लाद थापा सप्तकोसी डुबान–कटान बाढीपीडित संघर्ष समिति बनाएरै आवाज उठाइरहेका छन्, त्यही पानीमुनिको लालपुर्जा हातमा बोकेर ।

लालपुर्जा हातमा, जमिन छ कोसीमा

सुनसरीको बराहक्षेत्र नगरमा थापा परिवारकै जस्तो हविगत भएका घरधुरीको संख्या करिब ६ हजार ५ सय छ, जनसंख्या भने करिब ३० हजार छ । ०२२ सालदेखिका कोसीपिडित उनीहरूसँग लालपुर्जा छ तर त्यसमा लेखिएको जमिनमा भने कोसी बग्छ । अहिले करिब २० हजार मतदाता रहेको त्यस क्षेत्रमा निर्वाचन नजिकिएसँगै नेताहरू आइपुग्छन्, उनीहरूका कुरा सुन्छन् अनि आश्वासन दिँदै मत माग्छन् । यो चक्रले यसपालि पनि निरन्तरता पाएको छ । ‘अब त बानी नै लागिसक्यो,’ संघर्ष समितिका संयोजक थापाले भने ।

समस्या समाधानका लागि तत्कालीन राजा महेन्द्र, वीरेन्द्र हुँदै यसै क्षेत्रबाट निर्वाचित भएका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी सबैसँग हारगुहार गरेको पीडितहरू सुनाउँछन् । कोसीपीडितकै मतबाट विजयी भएर एमालेका जगदीश कुसियत, भीमप्रसाद आचार्य, कांग्रेसका ज्ञानेन्द्र कार्की सांसद र मन्त्री बने । अहिलेका मन्त्री ज्ञानेन्द्र कार्की पनि कोसीपीडितकै मत तान्न अनेक वाचा–बन्धन लिएर राजाबास वरपर दौडधुप गरिरहेका छन् । ‘यस क्षेत्रबाट सांसद बनेपछि ज्ञानेन्द्र कार्कीले कोसीपीडितको समस्यालाई एकपटक संसद्मा उठाएर राष्ट्रिय आवाज बनाइदिनुभयो, त्यो पनि त्यतिकै सेलायो,’ बराहक्षेत्र–२, रेललाइनका कोसीपीडित युवराज भट्टराई भन्छन् ।

पूरा पढ्न : लालपुर्जा हातमा, जमिन छ कोसीमा

प्रकाशित : कार्तिक २५, २०७९ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?