प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम : मन्त्री भुसाल


काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री एवम् माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम पटक भएको बताएकी छन् ।

ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार मन्त्री भुसालले अर्को निर्वाचनमा भने आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् । ललितपुरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले अर्को निर्वाचन आउँदा आफू ६५ वर्ष पुग्ने भएकाले उमेर अवस्थाले गर्दा पनि निर्वाचन नलड्ने अवस्था आउने स्पष्ट पारिन् । उनले त्यसबेला आफूले समानुपातिकतर्फको निर्वाचनमा जान सक्ने वा पार्टीको महत्वपूर्ण जिम्मेवारी लिएर बस्न सक्ने भन्दै युवाहरुलाई प्रत्यक्षतर्फको निर्वाचनमा लड्ने तयारीमा लाग्न पनि आग्रह गरिन् ।