२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

पश्चिम तराईमा अविरल वर्षाले जनजीवन प्रभावित

कान्तिपुर संवाददाता

काठमाडौँ — पश्चिम तराईका जिल्लामा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर लगायतका जिल्ला केही दिन यतादेखिको अविरल वर्षाका कारण बस्ती डुबानमा परेका हुन् ।

पश्चिम तराईमा अविरल वर्षाले जनजीवन प्रभावित

वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

तीन दिनदेखि परेको निरन्तर वर्षाको कारण देशभरका विभिन्न सडकहरु अवरुद्ध हुँदा दसैं मनाउन गाउँ गएकाहरु सहर फर्किन पाएका छैनन् भने गाउँमै दसैंको टीका ग्रहण गर्न पनि आफन्तहरुकोमा जान सकेका छैनन् ।

प्रकाशित : आश्विन २१, २०७९ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?