राष्ट्रपतिद्वारा मूलपुजारी, आफन्त र सुरक्षाकर्मीलाई दसैंको टीका प्रदान

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैंको टीका ग्रहण गरेकी छन् । भण्डारीले राष्ट्रपति भवन शितल निवासमा गुरुहरु देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैंको टीका ग्रहण गरेकी थिइन् ।

राष्ट्रपतिद्वारा मूलपुजारी, आफन्त र सुरक्षाकर्मीलाई दसैंको टीका प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार राष्ट्रपति कार्यालयका मूलपूजारी खेमचन्द्र ढकालबाट शुभसाइतमै टीका तथा प्रसाद ग्रहण गर्दै ।आफूले टीका ग्रहण गरेपछि भण्डारीले गुरुहरू, छोरी, छोरीज्वाइँ, नातिनी, आफन्त र सुरक्षाकर्मीहरूलाई टीका र प्रसाद प्रदान गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीले दिउँसो २ बजेदेखि विशिष्ट व्यक्तित्वहरूलाई बडा दसैंको टीका लगाउन सुरु गरेकी छन् । उनले ३ बजेपछि सर्वसाधारणलाई टीका र प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित : आश्विन १९, २०७९ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?