कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

यसरी भित्र्याइयो पाँचथरमा फूलपाती

कान्तिपुर संवाददाता

काठमाडौँ — पाँचथरका दसैं घरहरुमा आइतबार बिहान बढाइँका साथ फूलपाती भित्र्याइएको छ ।

यसरी भित्र्याइयो पाँचथरमा फूलपाती

सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय, नेपाली सेनाको रणशेर गण, सशस्त्र प्रहरीको हिमशिखर गुल्म र जिल्ला प्रहरी कार्यालयसहितका दसैं घरहरुमा फिदिम ४ सुम्हात्लुङ शक्तिपीठबाट फूलपाती भित्र्याइएको हो । फूलपाती लिन सेना प्रहरी र सशस्त्र प्रहरी र स्थानीय बाजागाजा र दलबलसहित सुम्हात्लुङ मन्दिर पुग्दा स्थानीयको पनि बाक्लो उपस्थिति थियो । त्यहाँ पुगेको टोलीले पूजा आराधनापश्चात् फूलपाती लगेर आ-आफ्ना दसैं घरमा भित्र्याइएको हो ।

फूलपाती भित्र्याउने कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, राजनैतिक दल, संघसंस्था र कार्यालय प्रमुखसँगै नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मी पनि उपस्थित थिए । सुम्हात्लुङ गडीलाई पूर्वको महत्व शक्तिपीठका रुपमा लिइन्छ । जिल्लाका दसैं घरहरुमा यही मन्दिरबाट फूलपाती लैजाने चलन छ ।


प्रकाशित : आश्विन १६, २०७९ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?