कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

शेखर-गगन समूहको चियापान कार्यक्रम : टिकट माग्नेको 'लर्को'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेता शेखर कोइराला र महामन्त्री गगन थापाको समूहले दसैं, तिहार र छठका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेस खबरदारी अभियानको ब्यानरमा गरिएको चियापान कार्यक्रममा शुभकामना आदानप्रदानभन्दा पनि टिकटको चर्चा बढी भएको थियो ।

शेखर-गगन समूहको चियापान कार्यक्रम : टिकट माग्नेको 'लर्को'

संस्थापन पक्षले आफूहरूलाई पेलेरै समानुपातिक बन्दसूची तयार गरेको र प्रत्यक्षतर्फ पनि टिकट खोस्न खोजेको गुनासो गर्नेहरू चियापानमा धेरै थिए ।बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजित चियापान कार्यक्रममा शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतकाका नेता उपस्थित थिए ।पार्टीका पूर्वपदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरू पनि सहभागी भएको उक्त कार्यक्रममा कोइराला र थापा औपचारिक सम्बोधनबिनै निस्किएका थिए ।उनीहरू टिकट माग्ने नेता/कार्यकर्ताले घेरिएका थिए । उनीहरूले कार्यकर्ताको गुनासो सुन्दै भने, 'त्यही नाम नपरेर तपाईं-हामी सबै यहाँ भेला भएका छौं । नत्र त आफ्नै पार्टीमा न्यायका लागि लड्नै पर्दैन थियो नि ।' नेताहरूले नेतृत्वसँग आफूहरूका मागबारे छलफल भइरहेको भन्दै कार्यकर्तालई आश्वस्त पार्न खोजेका छन् ।

कोइराला समूहले समानुपातिकतर्फको बन्द सूचीमा आफ्नो समूहका नेताहरूको नाम समावेश नगरिएको, गरिएकाहरूको नाम पनि निर्वाचित हुने गरी समावेश नगरिएको र सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा आफ्नो समूहका नेताहरूको मात्रै नाम राखेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित : आश्विन १३, २०७९ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?