१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

राप्रपासँग एकतापछि मिश्रले भने- 'पार्टीभित्र बखेडा झिक्दैनौं'

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीसँग हालै एकता गरेका नेता रवीन्द्र मिश्रले आफूले पार्टीभित्र बखेडा र विवाद नझिक्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पछिल्लो पाँच वर्षको अवधिमा आफैंले स्थापना गरेको पार्टीमा उत्पन्न विवादबाट पनि पार्टीभित्र द्वन्द्व र विवाद गर्न नहुने सिकाइ भएको उनले संकेत गरेका थिए ।

राप्रपासँग एकतापछि मिश्रले भने- 'पार्टीभित्र बखेडा झिक्दैनौं'

साथै क्यानडा, अमेरिका लगायत देशका नेताहरूको उदाहरण दिँदै उनले नेतृत्वलाई सहयोग गर्नुपर्ने बताएका थिए । 'हामी पार्टीमा बखेडा झिक्दैनौं । मैले पछिल्लो पाँच वर्ष आफैंले स्थापना गरेको पार्टीबाट पनि अनुभव लिएँ । जहिले पनि विवाद र द्वन्द्व झिकिरहँदा नेतृत्वले काम सक्दैन,' नेता मिश्रले भनेका छन् ।नेता मिश्रले आफैंले स्थापना गरेको पार्टी ठूलो पीडा र अप्ठ्यारोले छाडेको गुनासो गरेका थिए । यस क्रममा उनले पार्टीलाई भन्दा नेताको व्यक्तित्वलाई प्रचार गर्नु पर्ने तर्क गरेका थिए । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रसंग निकाल्दै उनले नेताको व्यक्तित्वलाई प्रचार गर्नु आवश्यक रहेको बताएका थिए । विवेकशील साझा पार्टीबाट निस्किएका नेता तथा कार्यकर्ताहरू र राप्रपाबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै बुधबार उनले यस्तो बताएका हुन् । यस क्रममा उनले राप्रपामा रहन पाउँदा गौरव महसुस भएको पनि बताए ।

प्रकाशित : आश्विन १२, २०७९ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?