१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

दसैंघरमा राखियो जमरा

कान्तिपुर संवाददाता

काठमाडौँ — नवरात्रको पहिलो दिन सोमबार घटस्थापनाको अवसरमा घरघरमा दसैंको जमरा राखिएको छ । दसैंको पहिलो दिन घटस्थापनाका अवसरमा घरघरमा जमरा राख्‍ने गरिन्छ । यही अवसरमा काठमाडौंको वसन्तपुरमा रहेको दसैं घरमा पनि जमरा राखिएको छ । नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाईं गरेसँगै शनिबार बिहान १०: २३ को शुभसाइतमा जमरा राखिएको हो ।

दसैंघरमा राखियो जमरा

बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखोस्थलबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दसैंघरमा जमरा रोप्ने गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दसैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ ।महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिक कालदेखिको परम्परा छ ।नवरात्रको पहिलो दिन दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ ।

प्रकाशित : आश्विन १०, २०७९ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?