सत्यमोहनलाई नर्स, व्याकुललाई ५० हजार भत्ता

काठमाडौँ — सरकारले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि नर्स उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको हो ।

सत्यमोहनलाई नर्स, व्याकुललाई ५० हजार भत्ता

जोशी विगत केही दिनदेखि डेंगु संक्रमणका कारण अस्पताल भर्ना भएका छन् । उनी मुटु तथा फोक्सोका रोगी हुन् । पछिल्लो केही महिनायता उनी बाहिर हिँड्डुल गर्न सक्ने अवस्थामा छैनन् ।यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला)लाई सहज जीवनयापनका लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको छ । यसअघि राईले सरकारबाट मासिक २५ हजार रुपैयाँ भत्ता प्राप्त गर्दै आएका थिए ।

प्रकाशित : आश्विन ९, २०७९ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?