कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

नेपालका शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना : सिंह

काठमाडौँ — कांग्रेस नेता प्रकाशमान सिंहले नेपालका शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले शिक्षालाई वर्तमान अवस्थामा आवश्यक प्रविधिसँग जोडेर अघि बढाउन जरुरी रहेको बताएका हुन् ।

नेपालका शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना : सिंह

१२ कक्षा पास भइसक्दा आफ्नो खुट्टामा नै उभिन सक्षम, आर्थिक रूपमा सबल हुन सक्ने, सीप बोकेको विद्यार्थी उत्पादन गर्नुपर्ने सिंहको भनाइ छ । आगामी शैक्षिक नीतिमा विद्यार्थीहरूलाई विद्यालयबाट बाहिर निस्किँदा क्षमतावान बनाउने कुरा समावेश हुने उनले दाबी गरे ।नेता सिंहले भने, ‘नेपालका शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बनेका छन् । त्यसैले अहिले शिक्षालाई हामीले वर्तमान अवस्थामा आवश्यक प्रविधिसँग जोडेर शिक्षलाई अघि बढाउनु पर्छ । १२ कक्षा पास भइसक्दा आफ्नो खुट्टामा नै उभिन सक्षम, आर्थिक रुपमा सबल हुनसक्ने, सीप बोकेको विद्यार्थी उत्पादन गर्नुपर्छ । नेपालको शिक्षाको गुणस्तरमा सुधार गर्नुपर्छ, बेरोजगारको समस्यालाई समाधान गरी विद्यार्थीहरुलाई विद्यालयबाट बाहिर निस्किँदा क्षमतावान बनाउनुपर्छ भन्ने नीति आउने नीतिमा जोड दिनेछौँ ।’

प्रकाशित : आश्विन ९, २०७९ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?