२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश

काठमाडौँ — नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा खनाललाई पार्टीमा स्वागत गरेका छन् ।

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश

पूर्वमहानिरीक्षक खनाल बिहीबार एमालेमा प्रवेश गरेका हुन् । उनलाई स्वागत गर्नका लागि एमाले महासचिव शंकर पोखरेल लगायत नेताहरू कार्यक्रममा उपस्थित थिए ।त्यस्तै, पुनर्जागरण पार्टीका महामन्त्री रविकिरण हमाल, अब्दुस मियाँलगायत एमालेमा प्रवेश गरेका छन् । ओली प्रधानमन्त्री रहेकै बेलादेखि खनालले एमालेका लागि काम गर्दै आएका थिए । खनाललाई जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेको थियो ।

प्रकाशित : आश्विन ६, २०७९ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?