कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गरिबी निवारण गर्ने हाम्रो पार्टीको चाहना हो : अध्यक्ष नेपाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा गरिबी निवारण गर्ने आफ्नो पार्टीको चाहना भएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीको चाहना नेपालबाट गरिबी निवारण गर्नु भएको बताएका हुन् ।

गरिबी निवारण गर्ने हाम्रो पार्टीको चाहना हो : अध्यक्ष नेपाल

समाजमा रहेका विकृति र विसंगतिहरुलाई पनि अन्त्य गर्ने आफूहरुको चाहना रहेको उनको भनाइ थियो ।

पार्टीको ध्यान देशको शिक्षा, स्वास्थ्य र सीप विकासमा केन्द्रित रहेको नेपालले बताए। अध्यक्ष नेपालले कार्यकर्ताहरुलाई त्याग, सर्मपण रसमाज रुपान्तरणको भावनाले राजनीतिमा लाग्न आग्रह पनि गरे ।

उनले नेपालको जातजाति, भाषा, धर्म, संस्कृतिमा भएको विविधताको संरक्षण गरिने बताए । उनले कुनै पनि जातजातिका बीचमा हुने भेदभावलाई अन्त्य गर्नुपर्ने बताए ।

प्रकाशित : आश्विन ३, २०७९ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?