जनताले चाहेअनुसार उपलब्धि हासिल गर्न सकेनौँ : प्रदेश प्रमुख गुरुङ- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनताले चाहेअनुसार उपलब्धि हासिल गर्न सकेनौँ : प्रदेश प्रमुख गुरुङ

कान्तिपुर संवाददाता

काठमाडौँ — गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधान निर्माणपछिका दिनमा नेपाली जनताले चाहेअनुसार उपलब्धि हासिल गर्न नसकेको बताएका छन् ।  संविधान दिवस २०७९ का अवसरमा गण्डकी प्रदेश सरकार मुल समारोह समितिद्वारा पोखरामा सोमबार आयोजित विशेष कार्यक्रममा गुरुङले तीन वटै तहको सरकारले जनताको समृद्धिको लागि काम गर्नुपर्ने बताएका हुन् । 

बलिदानीपूर्ण संघर्षबाट राजनीतिक परिवर्तन भएको बताउँदै आम सर्वसाधारणको दैनिकीमा परिवर्तन आउनेगरी अघि बढ्नु अहिलेको आवश्यकता भएको उनको भनाइ छ ।

वर्तमान संविधानले सामन्ती, निरंकुश र केन्द्रिकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरेको उल्लेख गर्दै विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा जोडेको उनले बताए ।

उनले जनताका आधारभूत हक अधिकारहरूको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतिसँग आबद्ध गरी लोकतन्त्रका लाभहरू आम नागरिकको पहुँचमा पुर्‍याउनेतर्फ लाग्नुपर्नेमा उनले जोड दिए । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्पूर्ण रहेको पनि उनको भनाइ छ ।

‘एक सरकारदेखि अर्को सरकारबीचको समन्वय नमिल्दा जनताले सोचे अनुसारको प्रगति हासिल गर्न सकेका छैनौँ । हामीले जनताको घरसम्म पुग्नेगरी काम गर्न आवश्यक छ । जनताका आधारभूत हक अधिकारहरूको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतिसँग आबद्ध गरी लोकतन्त्रका लाभहरू आम नागरिकको पहुँचमा पुर्‍याउनेतर्फ लाग्नुपर्छ । अहिलेको संविधानले विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा जोडेको छ,’ उनले भने ।

उनले संविधानले कल्पना गरेका विषय संविधान निर्माण पछिको समयमा कति कार्यान्वयन भए भन्नेकुराको समीक्षा गरेर अघि बढ्न जरुरी भएको बताए ।

प्रकाशित : आश्विन ३, २०७९ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्

प्रकाशित : आश्विन ३, २०७९ १७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×