माधवजीहरुसँग पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौं : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको जानकारी दिएका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्रराय यादवसँग छलफलपछि सञ्चारकर्मीसँग दाहालले वामपन्थी दलहरुसँगको बृहत् एकताका लागि एकीकृत समाजवादीसँग एकता संयोजन समिति बनाउने तयारी रहेको बताएका हुन् ।

माधवजीहरुसँग पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौं : दाहाल

उनले भने, 'हामी अरु पनि वामपन्थीहरुसँग जस्तो माधवजीहरुसँग पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौं ।'

भट्टराई, यादव र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले आउँदो आमनिर्वाचनमा माओवादी केन्द्रको चुनाव चह्नबाट चुनावमा प्रतिस्पर्धा गर्ने सहमति बनिकसेको छ । नेसपा र माओवादीबीच एकै चुनाव चिह्नमा चुनाव लड्ने सहमतिबारे मंगलबार निर्वाचन आयोगमा जानकारी गराएपछि दुई पार्टीका शीर्ष नेताबीच पेरिसडाँडामा वार्ता भएको छ ।

अहिलेलाई एउटै चुनाव चिह्न, साझा घोषणापत्रसहित चुनावमा जाने र चुनावपछि पार्टी एकता गर्ने सहमति भइसकेको पनि दाहालले उल्लेख गरे । भट्टराई पक्षले नेकपा र माओवादी शब्दमा असहमति जनाएको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा दाहाले चुनावपछि हुने पार्टी एकतामा नेकपा शब्दमा सहमति भइसकेको दाबी गरे । 'पार्टी एकतापछि पनि नाम नेपाल कम्युनिष्ट पार्टी नै रहन्छ,' दाहालले भने, 'चुनावअगाडि केही नै हुँदैन । चुनावपछि नाममाचाहिँ नेकपा (समाजवादी) वा केही हुनसक्छ । निर्णय भइ नसकेको हुनाले मैले अहिल्यै भन्न सक्दिनँ । नेकपामा हाम्रो सहमति भइसक्यो ।'

प्रकाशित : श्रावण ३१, २०७९ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?