२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

परराष्ट्रमन्त्रीको चीन भ्रमणमा बीआरआई र सीमा समस्याको कुरा उठोस् : झलनाथ खनाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले परराष्ट्रमन्त्री चीन भ्रमणमा जाँदा बीआरआई र सीमा समस्याको कुरा उठाउन आग्रह गरेका छन् ।

परराष्ट्रमन्त्रीको चीन भ्रमणमा बीआरआई र सीमा समस्याको कुरा उठोस् : झलनाथ खनाल

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेस भइरहेकोबारे जानकारी गराउन बालुवाटार पुगेका उनले परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाँदा नेपालले चीनसँग गरेको बीआरआई सम्झौता; सीमा समस्या समाधानमा जोड दिनुपर्ने बताए । उनले नेपाल एक चीन नीतिमा तटस्थ रहेको उल्लेख गरे ।

चीन भ्रमणमा नेपालले चीनबाट लिनसक्ने सहयोगको उचित फाइदा लिनका लागि पहल गर्नुपर्ने बताउँदै नेता खनालले बेलाबेलामा नेपाल-चीन सीमा विवाद आइरहने र यसको दीर्घकालीन समस्या समाधानका लागि पनि परराष्ट्रमन्त्रीको भ्रमण लाभदायी हुनेमा विश्वास व्यक्त गरे ।

उनले भने, ‘चीनका केही कोर इन्ट्रेस्टका कुराहरू छन् । चीनले सबै देशसँग हाम्रा कोर इन्ट्रेस्टलाई ध्यान दिनूस्; त्यसका आधारमा हामी मैत्रीपूर्ण सम्बन्ध र सहयोग राख्छौं भन्ने कुरा गर्दै आएको छ‚’ उनले भने‚ ‘नेपाल एक चीन नीति र नेपालको भूमि कुनै पनि मित्रराष्ट्रविरुद्धमा प्रयोग गर्न नदिने कुरामा हामी एकमत छौं । परराष्ट्रमन्त्रीको चीन भ्रमण महत्त्वपूर्ण भ्रमण भएकाले हामीले छिमेकबाट लिनसक्ने लाभका बारेमा सोच्नुपर्छ ।’

बीआरआईबारे सम्झौता भए पनि कार्यान्वयन नभएको भन्दै उनले सीमाको समस्या समाधानमा समेत भूमिका खेल्नका लागि आग्रह गरेका थिए ।

प्रकाशित : श्रावण २४, २०७९ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?