१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

नेताको खोल ओढेर ठेकेदारले बेथिति ल्याए, हामी तह लगाउँछौं : मन्त्री राई

कान्तिपुर संवाददाता

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरूलाई 'तह लगाउने' चेतावनी दिएका छन् ।

नेताको खोल ओढेर ठेकेदारले बेथिति ल्याए, हामी तह लगाउँछौं : मन्त्री राई

सोमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकास निर्माणका काममा बेथिति ल्याउने ठेकदारहरूलाई तह लगाउने चेतावनी दिएका हुन् ।

उनले मन्त्रालयले त्यस्ता ठेकदारहरूको खोजी गरिरहेको र बिस्तारै 'ठीक लगाउने' बताए । मन्त्री राईले ठेक्का लिने तर समयमा नै काम सक्ने र अन्य विभिन्न बेथिति ल्याउने ठेकदारहरूलाई सरकारले नछोड्ने बताए ।

मन्त्री राईले भने ‘गल्ती गर्ने ठेकेदारहरूलाई छोड्ने कुरा आउँदैन । सरकारले कुनै पनि नेताको आडमा बसेर विकास निर्माणमा बेथिति निम्तयाउनेलाई छोड्दैन । तर विकास निर्माणमा ठेकदारहरूको बेथिति छ । को कसको को कसको भन्ने ठेकेदारहरूले विभिन्न नेताहरूको खोल ओढेर ठेकेदारहरूले बेथिति निम्त्याएका छन् । हामी त्यसको खोजी गर्दैछौं । बिस्तारै ठीक पार्छौं । तपाइँहरू ढुक्क हुनुस् ठिक पार्छौं ।'

मन्त्री राईले सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरमा बेथिति नभएको जिकिर गरे । उनले स्वचालित मूल्य प्रणाली अनुसार नै भाडा समायोजन भइरहेको पनि दाबी गरे । मन्त्री राईले कहीँ कतै कार्यान्वयन नभएको भए मन्त्रालय तत्काल कडाइका साथ कार्यान्वयन गर्न तयार रहेको पनि बताए ।

प्रकाशित : श्रावण २३, २०७९ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?