३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

नागरिकतामा राखिएका अपमानजनक नाम तत्काल सच्याइयोस् : सांसद सुनार

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरूको नागरिकतामा अपमानपूर्वक राखिएको नामहरु सच्याउन माग गरेका छन् । सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा सांसद सुनारले दलित समुदायका व्यक्तिहरूलाई नागरिकता दिँदा अपमानपूर्वक नाम राखिएको भन्दै आपत्ति जनाए ।

नागरिकतामा राखिएका अपमानजनक नाम तत्काल सच्याइयोस् : सांसद सुनार

दूरदराजका दलित समुदायका व्यक्तिहरूको नाम तत्कालीन प्रशासनले बिगारिदिएको भन्दै उनीहरूको नाम सच्याउन गृहमन्त्रीसँग माग गरे । सांसद सुनारले यस्तो त्रुटिहरूको खोजी गर्न राष्ट्रिय दलित आयोग र दलित अभियन्ताहरूलाई पनि आग्रह गरे।

'यस्तो पनि नागरिकता हुन्छ ? यस्तो पनि लेख्न मिल्छ ? ती हाकिमहरू, ती फटाहाहरू यो देशमा एकथरि मान्छेलाई कति घृणा गर्न उद्धत हुँदा रहेछन् त ? कति अपमान गर्न उद्धत हुँदा रहेछन् त ? कति उनीहरुलाई खिस्सीट्युरी गर्ने, घृणा गर्न, अपमान गर्न चाहँदा रहेछन् त ? नागरिकता लिन जाँदा ती हाकिमहरूले केरकार गर्ने, सोधपुछ गर्ने गर्दछन् । अहिले पनि गर्दछन् । त्यो बेलामा पनि गरे होलान् । किन यस्तो नाम लेखेको किन भनेनन् ? दूरदराजका जनतालाई नागरिकता दिँदा त्यस्तो लेख्न मिल्छ ?,' उनले भने ।

पूरा पढ्न : नागरिकतामा राखिएका अपमानजनक नाम तत्काल सच्याइयोस् : सांसद सुनार

प्रकाशित : श्रावण २३, २०७९ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?