विचार मिल्ने शक्तिसँग चुनावी गठबन्धन गर्छौं : भट्टराई


काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा विचार मिल्ने शक्तिसँग चुनावी तालमेल र गठबन्धन गर्नुपर्ने बताएका छन् । जनता समाजवादी पार्टीबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन भएपछिको पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै भट्टराईले आगामी चुनावी रणनीति तय गर्नुपर्ने बताएका हुन् ।

काठमाडौंमा आयोजित नेपाल समाजवादी पार्टीको केन्द्रिय समिति बैठकमा भट्टराईले चुनावी रणनीति बनाउन लाग्नपर्नेमा जोड दिए । 'एक्लै अगाडि बढेर हुन्छ या विचार मिल्ने नजिकका शक्तिसँग मिलेर हुन्छ भन्ने विषयमा विचार विमर्श गरेर जानेछौं,' उनले भने, 'निर्वाचनका निम्ति सम्भव भएसम्मका नजिकका, विचार मिल्ने शक्तिहरूसँग चुनावी तालमेल गठबन्धनका लागि प्रयास गर्नुछ ।'
प्रकाशित : श्रावण २१, २०७९ १५:१३