१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

राजनीति गर्न सजिलो छैन : माधव नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताएका छन् । शुक्रबार ललितपुरमा 'स्नेहलता : जीवन कथाका पानाहरू' पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले  पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताएका हुन् ।

राजनीति गर्न सजिलो छैन : माधव नेपाल

अध्यक्ष नेपालले अझै पनि राजनीति सजिलो रूपमा गर्न सम्भव नभएको बताए । राजनीतिमा धेरै चुनौतीको सामना गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपाललेजनताको सेवा गर्ने, समाज परिर्वतन गर्ने र देशको गरिमालाई माथि उठाउने पुराना योद्धाहरुको आचारण अनुरूपमा राजनीतिक उद्देश्य राख्नुपर्ने बताए ।

‘पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो थियो । राजनीति गर्ने कुरा सजिलो हुँदैन । अहिलेसम्म पनि देखिन्छ । राजनीति सजिलो यात्रा होइन । सजिलो गरी सम्भव छैन । राजनीतिमा धेरै चिजहरुको चुनौती सामना गर्नुपर्छ । तर सबैभन्दा ठूलो कुरा के हो भने राजनीतिकको उद्देश्यजनताको सेवा गर्ने हो,समाज परिवर्तन गर्ने र देशको गरिमालाई माथि उठाउने हो भने त्यहीअनुसारको आचारण हुनुपर्छ,' उनले भने । अध्यक्ष नेपालले पुराना योद्धाहरुबाट प्रेरणा लिन,सम्मान गर्न र उनीहरूको योगदानको प्रशंसा गर्न सकेमात्र इतिहासको कदर गरेको ठहरिने बताए । उनले अहिलेका राजनीतिक नेतृत्वले इतिहासको कदर गर्नसक्यो भने मात्रै भविष्यले वर्तमानको कदर गर्ने उल्लेख गरे ।

प्रकाशित : श्रावण २०, २०७९ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?