पाटनमा पन्चदान मनाइँदै- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाटनमा पन्चदान मनाइँदै

दिपेन्द्र रोक्का

काठमाडौँ — किंवदन्तीअनुसार नेपाल संवत ५१२ देखि पञ्चदान पर्व मनाउने चलन चल्दै आएको हो । ललितपुरको पाटनमा श्रावण शुक्ल अष्टमीका दिन आज पञ्चदान मनाइएको छ ।

बौद्धमार्गी नेवा: समुदायका मानिसहरूले विभिन्न विहार , चोक , घरमा दिपंकर बुद्धको मूर्तिछेउमा दानशाला बनाइ माछा-मासुबाहेक धान , चामल , पैसा , खिर , बिस्कुट , नुन आदि दान दिने चलन छ । सामान्यतया पञ्चदानको अर्थ पाँच वस्तुको दान भए पनि नेपाल भाषामा 'पञ्जरा ' भनेको 'पुण्यदान ' हो । यस दिन शाक्य र बज्राचार्य शुद्ध रही खिर पकाइ खाने चलन पनि रहेको छ । यस दिनले दानको अभ्यासलाई महत्त्वपूर्ण स्थान दिने गर्दछ। शाक्यमुनि बुद्धलाई बुद्ध हुने भविष्यवाणी दिपंकर बुद्धले गरेका थिए भन्ने जनविश्वास रही आएको छ। आ-आफ्नै मौलिक तरिकाले काठमाडौं ,भक्तपुर र ललितपुरमा पञ्चदान मनाउने गरिन्छ ।

प्रकाशित : श्रावण २०, २०७९ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्

राजनीति गर्न सजिलो छैन : माधवकुमार नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताएका छन् । शुक्रबार ललितपुरमा 'स्नेहलता : जीवन कथाका पानाहरू' पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले  पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताएका हुन् । 

अध्यक्ष नेपालले अझै पनि राजनीति सजिलो रूपमा गर्न सम्भव नभएको बताए । राजनीतिमा धेरै चुनौतीको सामना गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपाललेजनताको सेवा गर्ने, समाज परिर्वतन गर्ने र देशको गरिमालाई माथि उठाउने पुराना योद्धाहरुको आचारण अनुरूपमा राजनीतिक उद्देश्य राख्नुपर्ने बताए ।

‘पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो थियो । राजनीति गर्ने कुरा सजिलो हुँदैन । अहिलेसम्म पनि देखिन्छ । राजनीति सजिलो यात्रा होइन । सजिलो गरी सम्भव छैन । राजनीतिमा धेरै चिजहरुको चुनौती सामना गर्नुपर्छ । तर सबैभन्दा ठूलो कुरा के हो भने राजनीतिकको उद्देश्यजनताको सेवा गर्ने हो,समाज परिवर्तन गर्ने र देशको गरिमालाई माथि उठाउने हो भने त्यहीअनुसारको आचारण हुनुपर्छ,' उनले भने ।

अध्यक्ष नेपालले पुराना योद्धाहरुबाट प्रेरणा लिन,सम्मान गर्न र उनीहरूको योगदानको प्रशंसा गर्न सकेमात्र इतिहासको कदर गरेको ठहरिने बताए । उनले अहिलेका राजनीतिक नेतृत्वले इतिहासको कदर गर्नसक्यो भने मात्रै भविष्यले वर्तमानको कदर गर्ने उल्लेख गरे ।

प्रकाशित : श्रावण २०, २०७९ १७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×