१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बाढी पसेपछिको गोबरगाढा [स्थलगत रिपोर्ट]

कान्तिपुर संवाददाता

सप्तरी (गोबरगाढा) — सप्तकोसी नदीको बहाब पछिल्लो केही दिनयता तीव्र रुपमा बढेपछि हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ गोबरगाढा बस्ती क्षेत्र पनि कटान गरेको छ ।

बाढी पसेपछिको गोबरगाढा [स्थलगत रिपोर्ट]

बस्ती कटान गर्न थालेपछि गोबरगाढावासी टापुमै नयाँ ठाउँमा टहरा निर्माण गरेर बस्न थालेका छन् । गोबरगाढामा अहिले एक सय परिवारका ३ सय जना बसोबास गर्दै आएका छन्।

चारैतर्फबाट कोसी नदीले घेरिएको गोबरगाढा टापुबाट अहिले आउजाउ गर्न समस्या छ । डुंगा रहे पनि नदीमा पानीको तीव्र बहाबका कारण गोबरगाढा जान आउन समस्या भएको हो । कोसीको बाढीले गोबरगाढाको पुरानो बस्तीसँगै २०२३ सालमा स्थापित श्री शारदा आधारभूत विद्यालयसमेत कटान गरी बगाएको छ । विद्यालयसँगै रहेको स्वास्थ्य चौकी पनि जोखिममा परेको छ ।

प्रकाशित : श्रावण २०, २०७९ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?