सबै जना उत्पादनमा जोडिनुपर्छ : अर्थमन्त्री शर्मा- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सबै जना उत्पादनमा जोडिनुपर्छ : अर्थमन्त्री शर्मा

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

मंगलबार भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले सरकारले ल्याएको बजेट कृषि उत्पादनमा केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह पनि गरेका थिए ।

मन्त्री शर्माले कृषिमा आत्मनिर्भरता र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको बताए । उनले नेपालमा रहेको श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा मात्रै नेपाललाई समुन्नत बनाउन सकिने बताए ।

मन्त्री शर्माले भूमिहीनहरूलाई जमिन दिएर, पुँजी नहुनेहरूका लागि पुँजी उपलब्ध गराएर र औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।

उनले कृषिमा जोडे मात्रै मुलुकको अर्थतन्त्र सवलीकरण हुनसक्ने बताएका थिए । ‘किसानको भूमिका महत्त्वपूर्ण हो । हामीसँग भएको जमिन हो । हामीसँग भएको जमिन, जङ्गल र श्रम हो । यसको एकीकृत परिचालन श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा आज नेपाललाई समउन्नत गर्न सकिन्छ । उत्पादन वृद्धि गर्ने, आयातमा भर परेको अर्थतन्त्रलाई अहिले आन्तरिक उत्पादनका आधारमा अर्थतन्त्र सुधार गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अहिलको वर्षको बजेट पास भएको छ । बजेटले किसानलाई महत्त्वपूर्ण भूमिकालाई अझ माथि उठाउन प्रयास गरेको छ,' अर्थमन्त्री शर्माले भने ।

यस क्रममा मन्त्री शर्माले उत्पादनलाई जोड दिएर तरकारी उत्पादन गरे नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर बन्नसक्ने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित : श्रावण १७, २०७९ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्

मुसलले हानेर बाबुको हत्या

चन्द्र कार्की

तेह्रथुम — छथर गाउँपालिका–५ ओख्रे ठकुरीगाउँमा छोराले आफ्नै बुबालाई मुसल प्रहार गरी हत्या गरेका छन् । २४ वर्षीय छोरा टंक भण्डारीले ५३ वर्षीय बाबु भक्तहादुर भण्डारीलाई पिठो कुट्ने मुसल प्रहार गरी मंगलबार हत्या गरेका हुन् । 

मुसल प्रहारबाट गम्भीर घाइते भएका भक्तबहादुरको उपचारका क्रममा छथर उस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक निशान थापाले बताए ।

मृतकको शव पोर्टमाटमका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ । बाबुको हत्यापछि छोरा टंक फरार रहेको प्रहरीले जनाएको छ । घरायसी विवादका कारण छोराले बावुको हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण १७, २०७९ १६:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×