कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

'मल छैन सरकार, कसरी चल्छ घरबार ?'

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विभिन्न भ्रातृ संगठनहरूले महंगी, भ्रष्टाचार तथा अनियमितताको विरोध गर्दै प्रदर्शन गरेका छन् । काठमाडौंको बसन्तपुरस्थित सयौंको संख्यामा उपस्थित एमालेका कार्यकर्ताहरूले सरकारको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।

'मल छैन सरकार, कसरी चल्छ घरबार ?'

वर्षा भइरहँदा पनि छाता ओढेर प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । सरकारले इन्धन तथा खाद्यान्नमा मूल्यवृद्धि, भ्रष्टाचार लगायत अनियमितता रोक्नु पर्ने प्रदर्शनकारीहरूको माग छ । 'बढ्दो महंगी नियन्त्रण गर', 'मल छैन सरकार, कसरी चल्छ घरबार ?', 'मेरो उत्पादनको मूल्य कति हो सरकार ?' लगायत प्रश्न सोधिएका नारा लेखिएका ब्यानरहरू उनीहरूले प्रदर्शन गरेका छन् । बसन्तपुरबाट निस्किएको र्‍याली भोटाहिटी हुँदै शान्ति बाटिकामा पुगेर सभा गरिने बताइएको छ ।

प्रकाशित : श्रावण १६, २०७९ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?