फोहोरमैलाभित्रको गिरोहले नै समस्या समाधान गर्न दिँदैन : मन्त्री श्रेष्ठ

कान्तिपुर संवाददाता

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोरभित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गरेका छन् । फोहोरमैला सामान्य कुरा भएपनि यसलाई ठूलो बनाइएको उनको दाबी छ ।

फोहोरमैलाभित्रको गिरोहले नै समस्या समाधान गर्न दिँदैन : मन्त्री श्रेष्ठ

शनिबार काठमाडौंको बंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।‘फोहोरमैलाको कुराहरु अहिले लामै कथा भइसकेको छ । सामान्य कुरा हो तर हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौं । फोहोरमैलाभित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिँदैन,' मन्त्री श्रेष्ठले भने, 'फोहोरमैला समाधान गर्नको लागि ठूलो कुरा होइन, ठूलो कुरा बनाइएको छ । त्यहाँभित्रको गिरोहले ।’ फोहोरमैला व्यवस्थापनका लागि स्थानीय तहले नै अब फोहोरमैलालाई श्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्नेमा उनले जोड दिए । स्थानीय सरकारलाई फोहोरमैला व्यवस्थापन गर्ने कुरामा संघीय सरकार सहयोगका लागि तयार रहेको बताए । सरसफाइको योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय आवश्यक रहेको उनले बताए । ‘यो समस्या स्थानीय तहले फोहोरमैलालाई श्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ जानुपर्छ । हामी सबै त्यसको लागि सहयोग गर्न तयार छौं । हामी मठमन्दिरहरुमा सरसफाइ गर्न राष्ट्रिय अभियान सुरु गर्दैछौं । त्यहाँबाट नै चेतनाको अभियान सुरु हुनेछ,’ उनले भने, ‘यी योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय गरेर कामहरु लैजान्छौं । '

प्रकाशित : श्रावण १४, २०७९ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?