१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

हामी सबै प्रकारका युद्धको विरोध गर्छौं, आणविक हतियारको होडबाजी रोकिनुपर्छ : राष्ट्रपति

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले सबै प्रकारका युद्धको विरोध गर्ने बताएकी छन् । विश्वभर आणविक हतियारको होडबाजी रोकिनुपर्ने आफूहरूको विश्वास रहेको उनको भनाइ छ । राष्ट्रपति भण्डारीले नेपालले करिब सात दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक वकालत र पालना गर्दै आएको बताएकी छन् । यसबाट देशको सार्वभौमिकता तथा राष्ट्रिय अखण्डताको रक्षाका लागि आधार प्राप्त हुने आफ्नो विश्‍वास रहेको उनको भनाइ छ ।

हामी सबै प्रकारका युद्धको विरोध गर्छौं, आणविक हतियारको होडबाजी रोकिनुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल अन्तर्राष्ट्रिय कानुन समाज तथा एसियाली अन्तर्राष्ट्रिय कानुन समाजद्वारा शनिबार ललितपुरको जावलाखेलमा आयोजित ‘अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एसिया क्षेत्रीय सम्मेलन’को उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।

प्रकाशित : श्रावण १४, २०७९ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?