कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

फेवाताल भूमाफिया र दलालको चंगुलमा पुग्यो : खिमलाल देवकोटा

काठमाडौँ — राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले फेवाताल भूमाफिया र दलालहरुको चंगुलमा परेको बताएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले जग्गा माफियाले डोजर लगाएर फेवातालको सिमसार क्षेत्रमा प्लटिङ गरिरहेको प्रति दुःख व्यक्त गरे । ताल अतिक्रमित भएर आधा पुरिँदा सरकारी संयन्त्रले नै बेवास्ता गरेको उनको भनाइ थियो ।

फेवाताल भूमाफिया र दलालको चंगुलमा पुग्यो : खिमलाल देवकोटा

‘सिमसार क्षेत्रमा धमाधम प्लटिङ हुँदा नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका किन मूकदर्शक छन् ?,’ बैठकमा उनको प्रश्‍न थियो, ‘फेवातालको गरिमा बचाउन सरकारी संयन्त्रहरु संवेदनशील भएनन् । यसको अस्मितामाथि नै चारैतिरबाट लुट भइरहँदा टुलुटुल हेरेर बसे । सरकारलाई रुलिङ गरियोस् । ध्यानाकर्षण गराइयोस् । सरोकारवाला मन्त्रीलाई रोस्ट्रममा उभ्याइयोस् । फेवातालको संरक्षण लगायतमा सरकारको धारणा मागियोस् ।’

बैठकमा सांसद देवकोटाले राखेका भनाइको सारसंक्षेप –

‘कुनै १० जना व्यक्तिलाई नेपालको सबैभन्दा सुन्दर र मनमोहक ठाउँ कुन हो भनेर प्रश्न गर्ने हो भने सायद ८ जनाले पोखरा भन्छन् होला । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखराबाट मोहित नहुने सायदै होलान् । मनोरन्जनका लागि नेपाल आउने अधिकांश विदेशी पर्यटकहरुको गन्तव्य थलो पनि पोखरा नै हो । फेवाताललगायत पोखराभित्र र यसको आसपासमा दर्जनौं रमणीय स्थलहरु छन् । फेवाताल भन्नेबित्तिकै हरेक नेपालीको मन लोभिन्छ । जाँऔं, जाँऔं, सयर गरौं लाग्छ । फेवाताल पोखराको पहिचानमात्र हैन, नेपालको गौरव हो । सान हो ।

पूरा पढ्न : फेवाताल भूमाफिया र दलालको चंगुलमा पुग्यो : सांसद देवकोटा

प्रकाशित : असार २१, २०७९ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?