कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कलाकार र सर्जक राष्ट्रिय गहना हुन् : प्रधानमन्त्री देउवा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले कलाकार र सर्जकहरू राष्ट्रिय गहना र सम्पदा भएको बताएका छन् । नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको प्रज्ञा सभाको समुद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कलाकारको सम्मान, सम्वर्द्धन र प्रवर्द्धन गर्नुपर्ने बताए ।

कलाकार र सर्जक राष्ट्रिय गहना हुन् : प्रधानमन्त्री देउवा

‘हामी कहाँ कलाकार र सर्जकलाई राष्ट्रिय गहनाकोरुपमा लिने र सम्मान गर्ने संस्कार छ । कला, संगीत र नाट्य क्षेत्रको विकास र संवर्द्धनकालागि त्यस्तो प्रतिभाहरूलाई राष्ट्रिय हितमा अधिकतम प्रयोग गर्नुपर्छ भन्नेमा हामी सचेत छौँ,’ प्रधानमन्त्री देउवाले भने, ‘कला, संगीत र नाट्य क्षेत्रको विकासकालागि सरकारले के गर्नुपर्छ ? त्यसकालागि आवश्यक सहयोग उपलब्ध गराउन सरकार तयार छ ।’

प्रधानमन्त्री देउवाले प्रतिष्ठानले मुलुकका विभिन्न भुगोलमा छरिएर रहेका भौगोलिक जीवन, संस्कृति र सम्पदाको प्रचार प्रसार र संरक्षण गर्दै आएको भन्दै प्रशंसा गरे ।

प्रकाशित : असार २१, २०७९ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?