१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कूटनीतिक मर्यादाविपरीत दूतावासलाई सेनाको पत्राचार

प्रधानमन्त्री र रक्षामन्त्रीलाई अवगत पनि गराइएन

काठमाडौँ — प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्राचार गर्दा सेनालाई तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्रीलाई जानकारी नदिएको बताएका छन् ।

कूटनीतिक मर्यादाविपरीत दूतावासलाई सेनाको पत्राचार

प्रतिनिधिसभामा सोमाबर आफ्ना धारणा राख्दै ओलीले एसपीपीमा पत्राचारबारे आफूलाई अवगत नगराइएको बताए । '२०७२ साल कातिक १० गते त्यही निर्णय तत्कालीन प्रधानसेनापतिबाट अमेरिकी दूतावासमार्फत पत्राचार भएको देखिन्छ । त्यस सम्बन्धमा सरकार परिवर्तित भएको र त्यो सरकारलाई नयाँ गठित सरकारलाई जानकारी नगराइएको,' उनले भने, 'सेनाले सोझै विदेशी दूतावाससँग पत्राचार गर्ने र सेनाले दूतावाससँग कुरा गर्ने कूटनीतिक मर्यादा, प्रचलनअनुसार भएन । त्यतिबेला प्रधानमन्त्री, रक्षामन्त्रीलाई अवगत पनि गराइएन ।'

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एसपीपी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पालामा भएको र अहिलेको सरकारले रद्ध गरेको भनी दिएको अभिव्यक्तिको पनि संसद्‌मा ओलीले आलोचना गरेका छन् । उनले भने, 'राज्यले र राज्यमा बसेका नेताहरूले यस्तो गर्न पाइँदैन । चुनौतिका साथ भन्न चाहन्छु २०७२ भदौ २४ गते कहाँकहाँबाट के के कुरा भयो हामीलाई थाहा छैन । २०७२ साल भदौ २४ गते संविधान जारी हुनुभन्दा १० दिन अगाडि नेपाली सेनाले एसपीपी सम्बन्धमा पत्राचार गरेको रहेछ । नेपाली सेनालाई रक्षा मन्त्रालयको प्रतिनिधिसमेत मनोनयन गर्ने गरी सहमति दिने निर्णय भएको थियो, २०७२ असोज ६ गते । २०७२ असोज १३ गते संविधान जारी भएको १० दिनपछि रक्षा मन्त्रालयबाट त्यससम्बन्धमा नेपाली सेनालाई पत्र पठाइएको थियो ।'

तत्कालीन रक्षा सचिवले पत्राचारबारे प्रधानमन्त्री तथा रक्षामन्त्रीलाई जानकारी दिइएको भनेर दिएको अभिव्यक्तिलाई पनि ओलीले नकारेका छन् । 'संविधान जारी भएको तीन दिनपछि मन्त्रीस्तरीय निर्णय गर्दा प्रधाानमन्त्री या रक्षामन्त्री को हुनुहुन्थ्यो ? टिप्पणी फाइलमा कसको हस्ताक्षर थियो । कसले सदर गरेको थियो र तत्कालीन सचिव त्यतिबेलाका सचिव अहिले कता हुनुहुन्छ ? उहाँलाई जानकारी होला,' उनले भने, 'अहिले त उहाँ तत्कालीन प्रधानमन्त्री र रक्षामन्त्रीलाई जानकारी गराइएको थियो भन्नुहुन्छ । तत्कालीन प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो भन्ने झुट कुरा गर्नुहुन्छ । सेनाबारे लेखेको पत्रबारे उहाँको बयानले के भन्नुहुन्छ भने उहाँ जानकार हुनुहुन्छ ।'

प्रकाशित : असार २०, २०७९ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?