कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८
विनोद शाही मृत्यु प्रकरण

प्रदर्शनकारीले ढुंगामुढा प्रहार गर्दा १२ प्रहरी घाइते

काठमाडौँ — अछामको पञ्चदेवल विनायक–४ का १५ वर्षीय विनोद शाहीको मुत्यु प्रकरणलाई लिएर भएको प्रदर्शनका कारण अछाम तनावग्रस्त बनेको छ । विनोद शाहीको न्यायको लागि सदरमुकाम मंगलसेनमा सोमबार पर्दशन भएको हो ।

प्रदर्शनकारीले ढुंगामुढा प्रहार गर्दा १२ प्रहरी घाइते

यस क्रममा प्रर्दशनकारीहरूले सरकारी वकिल कार्यालय र जिल्ला अदालत अछाममा ढुंगामुढा प्रहार गर्दा १२ जनाभन्दा बढी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश विष्टले बताए ।

‘दुई प्रहरी निरीक्षक, महिला प्रहरीलगायत गरी १२ जना प्रहरीलाई गम्भीर चोट लागेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्याससमेत प्रहार गरेको हो’ उनले भने ,‘अदालत र सरकारी वकिल कार्यालयमासमेत ढुंगामुढा प्रहार भएका छन् । अहिले स्थिति नियन्त्रण गर्ने प्रयास भइरहेको छ ।’

जिल्लामा शान्ति सुरक्षा कायम गर्न अन्य जिल्लाबाट समेत ठूलो संख्यामा सुरक्षाकर्मी मगाएको उनले बताए । प्रर्दशनकारीले आइतबारदेखि सडकसमेत बन्द गरेकोमा प्रहरीले सडक भने खुलाएको छ ।

गत वैशाख १७ गते बेपत्ता भएका विनोद शाही २० गते मृत अवस्थामा भेटिएका थिए । शाहीको मृत्यु घटनामा अनुसन्धानका लागि प्रहरीलाई सहयोग गर्ने भन्दै आरोपित पञ्चदेवल नगरपालिकाकी मेयर अम्बिका चलाउने शनिबार प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन्। अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नारायण डाँगीका अनुसार चलाउनेसँगै अर्का एक आरोपित शनिबार साँझ प्रहरीकहाँ स्वयं उपस्थित भएका हुन् ।

‘हामी घटनाको अनुसन्धाको क्रममै छौं । पन्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने आफैं हाम्रो सम्पर्कमा आएकी हुन्,’ अछाम प्रहरी प्रमुख डीएसपी डांगीले भने । अहिले मेयर चलाउनेलगायतको बयानको क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

उक्त मुद्दामा प्रहरीले यसअघि नै पाँच जनालाई पक्राउ गरिसकेको थियो । आइतबार चलाउनेसहित सात जनालाई अदालतबाट २ दिनको म्याद थप गरी हिरासतमा राखेको छ । बाँकी सात जनाको पनि खोजी कार्य जारी रहेको डाँगीले बताए । जेठ २६ गते शाहीका परिवार र आफन्तले नवनिर्वाचित मेयर चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

प्रकाशित : असार २०, २०७९ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?