नागरिकता विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता सम्बन्धी विधेयक पारित गर्नका लागि उच्च तहमा छलफल भइरहेको बताएका छन् ।

नागरिकता विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

बुधबार प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री खाँणले नागरिकता सम्बन्धी विधेयक पारित गर्नका लागि सांसदहरूको तहमा र उच्च राजनीतिक तहमा छलफल भइरहेको बताए ।

सो विधेयकको सम्बन्धमा निस्कर्ष निकाल्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो । आगामी दिनमा एकीकृत सामाजिक सुरक्षा ऐन बनाउने सम्बन्धमा सरकारले गृहकार्य गर्ने पनि गृहमन्त्री खाँणले बताए ।

‘नागरिकता सम्बन्धी विधेयक यो समितिमा झन्डै २२ महिना छलफल भएर प्रतिवेदनको रुपमा अहिले प्रतिनिधिसभामा छ । त्यसका बारेमा माननीय तहमा पनि र उच्च तहमा पनि छलफल भइराखेको छ । र त्यसलाई पनि एउटा निस्कर्ष निकाल्नुपर्ने अवस्था रहेको छ,' गृहमन्त्री खाँणले भने ।

प्रकाशित : असार १५, २०७९ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?