१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पेट्रोलियम पदार्थको मूल्य हाम्रो काबु बाहिर : मन्त्री बडू

काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य काबु बाहिरको अवस्था रहेको बताएका छन् । उनले प्रतिनिधिसभाको मंगलबारको बैठकमा रुस-युक्रेन युद्धका कारण विश्व बजारमा नै पेट्रोलियम पदार्थ तथा इन्धनको मूल्य बढेकाले नेपालमा काबु बाहिरको अवस्था आएको बताएका हुन् ।

पेट्रोलियम पदार्थको मूल्य हाम्रो काबु बाहिर : मन्त्री बडू

मन्त्री बडूले भने, 'यो हाम्रो काबुबाहिरको अवस्था रह्यो । रुस र युक्रेन युद्धका कारण विश्व बजारमा नै अभाव बढ्दो अवस्थामा रहेको छ । त्यतिबेला हामीले आफ्नो जनताका निम्ती थप उपाय के हुन सक्छन् भन्ने छ । यो बाध्यात्मक अवस्थामा मूल्यवृद्धि गर्नुपरेको छ ।'

सरकार जनता माथि परेको पीरमर्कामा संवेदनशील रहेको मन्त्री बडूको भनाइ थियो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले अन्य क्षेत्रमा भएको मूल्यवृद्धिले जनतामा असर परेको विषयमा सरकार संवेदनशील रहेको र पीडाबोध भइरहेको उनको भनाइ थियो ।

उनले मन्त्रिपरिषद्बाट पेट्रोलियम पदार्थको आपूर्ति सहज र पारदर्शी बनाउन सरकारले अपनाउनुपर्ने अल्पकालनीन, दीर्घअकालीन, नीतिगत र संस्थागत सुधारका लागि प्रतिवेदन पेस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा एक उच्चस्तरीय अध्ययन कार्यदल गठन गरिसकेको पनि जानकारी दिए ।

खाना पकाउने ग्यासको खपत न्यून गर्ने र विद्युतीय खपत बढाउन विद्युत महसुलमा सहुलियत दिइ राहत प्रदान गर्ने कार्यक्रम रहेको पनि बडूको भनाइ थियो ।

प्रकाशित : असार ७, २०७९ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?