छिमेक सम्बन्धमा कार्ड खेल्न हुँदैन, खेल्यौँ भने फस्छौँ : ओली

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले परराष्ट्रमामिलामा कार्ड खेल्न नहुने बताएका छन् । मंगलबार काठमाडौंमा पूर्वराजदूतहरूको समूहले नेपालको परराष्ट्रमामिलाबारे गरेको अन्तरक्रियामा ओलीले छिमेक सम्बन्धनमा कार्ड खेल्दा नेपाल फस्ने बताएका हुन् ।

छिमेक सम्बन्धमा कार्ड खेल्न हुँदैन, खेल्यौँ भने फस्छौँ : ओली

छिमेकीसँग एउटा कुरा गर्ने र बाहिर अर्को कुरा गर्दै पृथ्वीनारायण शाहले भनेझैं 'दुई ढुंगाबीचको तरुल'का रूपमा नै नेपाल रहिरहने उनको भनाइ थियो । 'छिमेक सम्बन्धमा हामीले कार्ड खेल्न सक्दैनौँ । छिमेकीसँग एउटा कुरा गर्ने र बाहिर अर्को कुरा गर्न सक्दैनौँ । छिमेकीसँग भित्री साँठगाँठ गर्ने र बाहिर अर्कै कुरा गर्ने हो भने हामी फस्छौँ,' ओलीले भने ।

छिमेकी देशसँग रहेका मतभेदहरू कुराकानीबाट सुल्झाउनुपर्ने पनि ओलीले बताए । कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवादसम्बन्धी समस्या खुलस्त छलफलबाटै समाधान गरिनुपर्ने पनि उनले बताए ।

प्रकाशित : असार ७, २०७९ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?