‘शरणार्थीलाई शिविरमा छाडेर राष्ट्रसंघीय आयोग भाग्न मिल्दैन’

काठमाडौँ — दक्षिणी भुटानको लामीडाँडामा जन्मे–हुर्केका देवनारायण शर्मा (डीएनएस) ढकाल कोलाराडो स्कुल अफ माइन (अमेरिका) बाट अर्थशास्त्रमा पीएचडी गरेर सन् १९९० जुनमा थिम्पु फिरेलगत्तै राजनीतिक चेतना र तत्कालीन आवश्यकताले अधिकारकर्मी बने । भुटानमा सुरु भएको प्रजातान्त्रिक आन्दोलन तथा निरन्तर प्रदर्शनको माहोलमाझ देशभित्र बस्न सक्ने स्थिति नभएर सन् १९९१ अक्टोबरमा भारतीय भूमि हुँदै उनी पूर्वी नेपालमा शरण लिन आए ।

‘शरणार्थीलाई शिविरमा छाडेर राष्ट्रसंघीय आयोग भाग्न मिल्दैन’

क्यानडाको क्विन्स युनिभर्सिटी र अमेरिकाकै हार्वर्ड युनिभर्सिटीमा भिजिटिङ प्रोफेसर रहिसकेका उनी हाल अमेरिकाकै ड्युक सेन्टर फर इन्टरनेसनल डेभलपमेन्टमा ‘सिनियर फेलो’ का रुपमा कार्यरत छन् । भुटान नेसनल डेमोक्रेटिक पार्टीका कार्यवाहक अध्यक्षसमेत रहेका ढकालले भुटान र भुटानीको इतिहास, लोकतान्त्रिक आन्दोलन, जातीय सफाया र शरणार्थी समस्या समाधानको अन्तिम विकल्पबारे लेखेको पुस्तक ‘एमिकेबल रिसोलुसन’ अहिले चर्चामा छ ।

प्रकाशित : असार ६, २०७९ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?