कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

व्यापारीसँग मिलेर, कमिसन खाएर करका दर तोकियो : ओली

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले करका दर तय गर्ने क्रममा व्यापारीसँग मिलेको र कमिसन खाएको आरोप लगाएका छन् । पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि काठमाडौंमा आयोजना गरिएको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रममा उनले करका दर तोक्ने क्रममा कमिसनको खेल र व्यापारीसँग साँठगाँठ गरिएको आरोप लगाएका हुन् ।

व्यापारीसँग मिलेर, कमिसन खाएर करका दर तोकियो : ओली

करका दर तय गर्ने काम गोप्य हुने उल्लेख गर्दै ओलीले वर्तमान सरकार र अर्थमन्त्री जनार्दन शर्माले त्यो गोपनियता कायम गर्न नसकेको आरोप लगाए । 'व्यापारीसँग मिलेर करका दर तोकिन्छ । कमिसन खाएर करका दर तोकिन्छ । यस्तो त कुनै राज्य, कुनै प्रणालीमा पनि कल्पना गर्न सकिँदैन,' उनले भने, 'यो पञ्चायत कालमा पनि हुँदैनथ्यो । कहीँ पनि हुँदैन ।'

बजेट संसद्‍मा प्रस्तुत गर्नुभन्दा पहिला मन्त्रिपरिषद्‍मा ब्रिफिङ गरिने र त्यहाँ पनि करका दर नभई बजेटको समग्र ब्रिफिङ गरिने प्रचलन रहेको ओलीको भनाइ थियो । त्यहाँ रहेका मन्त्रीले करका दर र बजेटबारे सूचना चुहाउलान् भनेर प्रधानमन्त्रीसँगै संसद् जाने प्रचलन रहेको उनले बताए । 'यो गोप्य छ, कतै खुल्दैन भनेर संसद्‍मा मात्रै बजेटको ब्रिफकेस खोलिन्छ है भनेर त्यसरी रिबनले बाँधेर, गोप्य बनाएर लगेर अर्थमन्त्रीले प्रस्तुत गर्नुहुन्छ भनेपछि रोष्ट्रममा गएर मात्रै खोलिन्छ । बजेट प्रस्तुत गरिन्छ,' उनले भने, 'यहाँ त बनाउँदै गर्दा व्यापारिका प्रतिनिधि राखेर बनाइन्छ । बनाउनु पहिला कमिसन खाएर बनाइन्छ भने के हालत भयो देशको ।' राज्यमा यस्तो अवस्था रहेको बेला जितेर आएको भन्दै ओलीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिएका थिए ।

बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले अनधिकृत व्यक्तिलाई कर, भन्सार र राजश्वका दर चलाउन लगाएको भन्दै एमालेले संसद्मा विरोध गरिरहेको छ । अर्थमन्त्री शर्माले कि राजीनामा गर्नुपर्ने नभए संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग एमालेले गरिरहेको छ । नभए संसद् चल्न नदिने भनेर एमालेले संसद्‍मा अभिव्यक्ति दिइरहेको बेला अध्यक्ष ओलीको यस्तो कुरा आएको हो ।

प्रकाशित : असार २, २०७९ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?