के भन्छन् मतदाता ?- भिडियो - कान्तिपुर समाचार

के भन्छन् मतदाता ?

दिपेन्द्र रोक्का

काठमाडौँ — स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार बिहानदेखि देशभरका अधिकांश स्थानीय तहमा एकै चरणमा मतदान भइरहेको छ । ०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल जेठ ५ मा सकिँदै छ । नयाँ जनप्रतिनिधिको कार्यकाल जेठ ६ देखि सुरु हुनेछ । बहुदलीय व्यवस्था पुनर्बहालपछि पहिलोपटक एकै चरणमा स्थानीय तह निर्वाचन हुँदै छ ।

मतदानस्थलमा मतदान गर्न आएका मतदातासँग गरिएको कुराकानी

प्रकाशित : वैशाख ३०, २०७९ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्

दार्चुलाको तिंकरमा मतदान सकियो

रासस

दार्चुला — व्यास गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ । चीनको सीमानजिकै रहेको तिंकर गाउँमा मतदान सकिएको हो । तिंकरमा १३६ जनाले मतदान गरेका छन् ।

मतदान गर्नेमा ७३ पुरुष र ६३ महिला मतदाता छन् । तिंकरमा मतदान सकिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिए । तिंकर मतदान केन्द्रमा १११ पुरुष र १२० महिला गरी २३१ जना मतदाता रहेका थिए ।

व्यास–१ कैलाशपति आधारभूत विद्यालय छाङ्गरुमा मतदान अन्तिम चरणमा पुगेको जनाइएको छ । दिउँसोसम्म छाङ्गरुमा २०९ ले मतदान गरेका छन् । यस केन्द्रमा ३७५ जना मतदाता छन् ।

यी दुवै गाउँका मतदाता एक साताअघि मात्रै भारतीय बाटो हुँदै छाङ्गरु तिंकर बसाइँ सरेका थिए । यहाँका स्थानीय ६ महिना सदरमुकाम खलंगा र ६ महिना छाङ्गरु तिंकर बसाइँ सर्ने गरेका छन् ।

प्रकाशित : वैशाख ३०, २०७९ १६:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×