'बाँकी काम पूरा गर्न दोस्रो पटक उम्मेदवारी'- भिडियो - कान्तिपुर समाचार

'बाँकी काम पूरा गर्न दोस्रो पटक उम्मेदवारी'

कान्तिपुर संवाददाता

काठमाडौँ — २०७४ सालको निर्वाचनमा ललितपुरको गोदावरी नगरपालिकाको मेयरमा निर्वाचित गजेन्द्र महर्जनले विजयी भएपछि लेलेको खानी क्षेत्रलाई व्यवस्थित गर्ने, नगरलाई पर्यकीय, धार्मिक, सांस्कृतिक क्षेत्रको रुपमा विकास गर्ने, कोर क्षेत्रमा पुराना नेवारी वास्तुकला शैलीका घरहरु पुनर्निर्माण गरेर मल्लकालीन मापदण्ड लागू गर्ने बताएका थिए ।

फेरि मेयर पदमा का‌ंग्रेसबाट प्रत्याशी बनेका महर्जनसँग कान्तिपुरका प्रशान्त मालीले गरेको कुराकानी:

प्रकाशित : वैशाख २७, २०७९ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्

मेरो प्रतिस्पर्धी मै हो : रजनी थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — टोखा नगरपालिका काठमाडौं महानगरपालिकासँगै जोडिएको नगरपालिका हो । स्थानीय तहको निर्वाचनमा विभिन्न साना तथा ठूला दलहरूका उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । त्यसमध्ये कांग्रेसका तर्फबाट रजनी थापाले उम्मेदवारी दिएकी छन् ।

गत स्थानीय निर्वाचनमा कांग्रेसकै तर्फबाट उहाँले उपमेयर पदमा एमालेको उम्मेदवारसँग ५१ मतको अन्तरले पराजित भएकी थिइन् । थापाको उम्मेदवारी, एजेन्डा र योजनाबारे कान्तिपुर दैनिकका दीपेन्द्र विष्टले गरेको कुराकानीको सम्पादित अंश :

प्रकाशित : वैशाख २७, २०७९ १२:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×