'मसँग गठबन्धनको शक्तिमात्रै हैन, अनुभव र योजना छ'- भिडियो - कान्तिपुर समाचार

'मसँग गठबन्धनको शक्तिमात्रै हैन, अनुभव र योजना छ'

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौैं महानगरपालिकामा चुनावी प्रचार तीब्र छ । सत्ता गठबन्धनभित्रबाट कांग्रेसले मेयर पाउँदा उपमेयर पद नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । एमालेबाट सुनिता डंगोल उम्मेदवार छिन् भने सत्ता गठबन्धनबाट रामेश्वर श्रेष्ठ ।

विगतमा एमालेमै रहेका श्रेष्ठ पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीमा लागे । अहिले गठबन्धन समेतको बलमा उम्मेदवार बनेका श्रेष्ठका चुनावी एजेण्डाबारे ईकान्तिपुरका जयसिंह महराले गरेको कुराकानी:

प्रकाशित : वैशाख २७, २०७९ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्

कपिलवस्तुका मतदान केन्द्रमा निर्वाचन सामग्री कर्मचारी पठाइयो [तस्बिरहरू]

मनोज पौडेल

कपिलवस्तु — शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृतसहितका कर्मचारी मतदान केन्द्रमा जान खटिएका छन् । मंगलबार बिहानदेखि जिल्ला निर्वाचन कार्यालयले निर्वाचनबाट सामग्री बुझेर उनीहरु कार्य क्षेत्रमा हिँडेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र र निर्वाचन कार्यालयबाट निर्वाचनका लागि प्रयोग हुने ६० प्रकारका सामग्री, मतदाता नामावली, मतदाता परिचय पत्र र अनुसूची फारम बुझेर हिँडेका छन् ।

बिहानदेखि दिउसो सम्म निर्वाचन सामग्री बुझ्ने कर्मचारीको कार्यालयमा भीड लागेको थियो । जिल्लाका १० स्थानीय तहमा २३५ मतदान स्थलमा ४ सय ६८ मतदान केन्द्र छन् ।

प्रकाशित : वैशाख २७, २०७९ १२:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×