कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ललितपुरलाई सांस्कृतिक महानगर बनाउँछौं : हरिकृष्ण व्यञ्जनकार

फ्लाइओभर त मान्छे हाँस्ने कुरा भएको छ । मोनोरेलको कुरा छ, त्यो पनि हुने कुरा होइन । हामी गर्ने काम भन्‍‍छौं र भनेका कुरा गर्छौं । जस्तो खानेपानी, फोहोरमैलाको समस्या समाधान गर्छौं ।

काठमाडौँ — स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू आफ्ना एजेन्डा लिएर पाँच वर्षपछि फेरि भोट माग्न जनताको घरदैलोमा पुगेका छन् । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्षमा रहेको एमालेले एक्लै बहुमत पालिकामा जित्ने दाबी गरिरहेको छ । अर्कोतिर सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले तालमेल गरेर मुलुकको ठूलो दल एमालेसामू चुनौती पेस गरेका छन् ।

ललितपुरलाई सांस्कृतिक महानगर बनाउँछौं : हरिकृष्ण व्यञ्जनकार

एमालेले पनि देशका विभिन्न पालिकामा पार्टी र व्यक्तिसँग गठबन्धन गरेको छ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिकामा तालमेल गरेर उम्मेदवार चुनावी मैदानमा उतारेको छ । अर्कोतिर एमालेले राप्रपा, परिवार दल, सत्ता गठबन्धनसँग असन्तुष्ट नेताहरूसँग तालमेल गरेको छ ।

ललितपुर महानगरपालिकामा एमालेले २०७४ सालकै प्रतिस्पर्धीलाई मैदानमा उतारेको छ । उक्त निर्वाचनमा ३ सय २६ मतले पछि परेका हरिकृष्ण व्यञ्जनकार एमालेबाट ललितपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेका छन् । स्थानीय तह निर्वाचनमा ललितपुर महानगरको प्रतिस्पर्धाबारे एमाले उम्मेदवार व्यञ्जनकारसँग आगामी चुनावका एजेन्डा र तयारीबारे ई-कान्तिपुरका जयसिंह महरा र प्रशान्त माली ले गरेको कुराकानी पूरा पढ्न : 'हामी गर्न नसकिने काम भन्दैनौं, नभनेका काम गर्दैनौं'

प्रकाशित : वैशाख २०, २०७९ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?