'दूरगामी महत्त्वका विषयमा राष्ट्रिय सहमति नहुँदा राजनीतिक द्वन्द्वको खतरा हुन्छ'

कान्तिपुर संवाददाता

काठमाडौँ — उपराष्ट्रपति नन्दबहादुर पुनले एमसीसी सम्झौता प्रति लक्षित गर्दै राष्ट्रिय/अन्तराष्ट्रिय रुपमा दुरगामी महत्व राख्ने विषयलाई सहमतिबाट मात्र अगाडि बढाउनु पर्ने बताएका छन् ।

'दूरगामी महत्त्वका विषयमा राष्ट्रिय सहमति नहुँदा राजनीतिक द्वन्द्वको खतरा हुन्छ'

सोमबार अन्तर्राष्ट्रिय मातृभाषा–२०२२ का अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस – २०७८ लाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले ‘एमसीसी’ शब्द उच्चारण नगरी यसमा राष्ट्रिय सहमति आवश्यक रहेको धारणा राखे ।उनले देशमा राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयहरूमा मतभिन्नता प्रकट भइरहेको भन्दै दूरगामी महत्वको विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो हुने बताए । राष्ट्रिय सहमति नभएको अवस्थामा राजनीतिक द्वन्द्वको खतरा हुने उनले संकेत गरेका थिए । उनले भने, ‘अहिले देशभित्र विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्वका विषयमा छलफल र मतभिन्नता प्रकट भइरहेका छन् । दूरगामी महत्व राख्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो हुन्छ । राष्ट्रिय सहमति नहुँदा यसले राजनीतिक द्वन्द्व पैदा हुन सक्ने खतरा हुन्छ । र यसले देशलाई राम्रो गर्दैन । यसमा हामीले विगतबाट पाठ पनि सिक्न सक्नुपर्दछ । म यसतर्फ सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रकाशित : फाल्गुन ९, २०७८ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?