एमसीसीको विरोधमा प्रदर्शन, बानेश्वर तनावग्रस्त

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका भातृ संगठनले शुक्रबार बानेश्वरमा प्रदर्शन गरिरहेका छन् ।

नाराबाजीसहित माओवादी निकट अखिल क्रान्तिकारी र नेकपा समाजवादी निकट अनेरास्ववियुले नाराबाजी गर्दै एमसीसीविरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले 'एमसीसी चाहिँदैन, देश बेच्‍न पाइँदैन' भन्दै नाराबाजी गरेर टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।

प्रकाशित : फाल्गुन ६, २०७८ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्

दुई दिनदेखि दाजुबहिनी बेपत्ता, अपहरणको आशंका

घनश्याम गौतम

रूपन्देही — रूपन्देहीको सैनामैना नगरपालिका–६ दूधराक्षबाट एकै घरका दाजुबहिनी दुई दिनदेखि हराएपछि परिवार र आफन्त तनावमा परेका छन् । उनीहरुले दाजुबहिनी अपहरणमा परेको आशंका गरेका छन् । स्थानीय प्रभात बोर्डिङ स्कुलमा अध्ययनरत १२ वर्षीय प्रसिद्ध दाहाल र ९ वर्षीया प्रसन्ना दाहाल बिहीबार बिहान साढे ९ बजेदेखि बेपत्ता भएका हुन् ।

बाबु प्रेम दाहालका अनुसार बिहीबार बिहान ९ बजे विद्यालयको बस चढेका दाजुबहिनी बेलुका साढे ४ बजेसम्म पनि विद्यालयबाट नफर्केपछि खोजी सुरु भएको छ । खोज्दै जाँदा बालबालिकाका फुपाजु नाता पर्ने र नजिकै बस्ने खेम पौडेल क्षेत्रीले बसबाट लगेर गएको भन्ने खुलेको दाहालले गरेका छन् ।

रूपन्देहीका प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले दाजुबहिनी हराएको खबर आएपछि जिल्लाभर खोजी कार्य सुरु गरिएको बताए । विद्यालयको बसबाटै लगेर गएको भन्ने जानकारी पछि त्यही अनुसार खोजी भइरहेको उनले बताए । ‘अहिले पनि हामी खोजीमै छौं,’ उनले भने, ‘सम्भावित क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।’

अपहरण गरेको आशंका गरिएका पौडेल क्षेत्री नातामा प्रेम दाहालका बहिनी ज्वाईं पर्ने र बहिनीसँगको सम्बन्धमा समस्या भएपछि दाजुबिहनीलाई लिएर हिँडेको हुन सक्ने अनुमान गरेका छन् ।

प्रहरी नायब उपरीक्षक पौडेलका अनुसार अपहरणको आशंका गरिएका खेम १५ दिनअघि साइबर क्राइम अन्तर्गत प्रहरी थुनामा परेर धरौटीमा छुटेका थिए । त्यसैको बदला लिन बालबालिकालाई लिएर हिँडेको हुन सक्ने उनले बताए ।

प्रेमकी माइजु नाता पर्ने कल्पना न्यौपानेले मुर्गियाबाट बुटवलतर्फ लगेको भन्ने जानकारी आएकाले त्यता पनि खोजी भइरहेको आमा पुष्पा दाहालले बताइन् । ‘हिजो देखि परिवार सबै आफन्त तनावमै छौं,’ उनले भनिन्, ‘सबैले खोजेर सहयोग गरिदिनुस् ।’

प्रकाशित : फाल्गुन ६, २०७८ १४:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×