१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

पाइला–पाइलामा तगारो

फोटो र भिडियो: अंगद ढकाल

काठमाडौँ — दाङको तुलसीपुरकी २४ वर्षीया सुनिता नेपाली सुकेधारामा होस्टल बसेर त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्नातकोत्तर गर्दैछिन् । दृष्टिसम्बन्धी अपांगता भएकी उनी पढाइमा अब्बल छिन् । कलेज जान भने उनलाई निकै सास्ती छ । बाटोमा हिँड्दाहिँड्दै फुटपाथ सकिन्छ ।कहिले बिजुलीको खम्बामा टाउको ठोकिन्छ । सेतो छडी टेकेर हिँडिरहेको देखे पनि जेब्रा क्रसिङमा गाडीले बाटो दिँदैनन् । कहिलेकाहीँ लडेर, गाडीले हानेर घाइते पनि भएकी छन् ।

पाइला–पाइलामा तगारो

उनको जस्तै समस्या छ, दृष्टिविहीन संगम मगरको । उनी लगनखेलको नमुना मच्छिन्द्र स्कुलमा कक्षा ११ मा पढ्छिन् । ललितपुर लामाटारदेखि लगनखेलसम्म आइपुग्न निकै कठिन छ । स्कुल आउजाउमा बाटो हिँड्दा फुटपाथमा राखेका सामानमा ठेक्किएर कति लडिन् भनिसाध्य छैन ।

‘हरेक नागरिकको समान अधिकारको सुनिश्चित गर्नु राज्यको दायित्व हो तर हामीलाई दोस्रो दर्जा ठानी उपेक्षा गरिएको छ,’ उनी भन्छन्, ‘छडीको सहायताले हिँड्दा बाटोमा रहेको ठूलो वस्तु थाहा पाए पनि स–साना तारलगायत सामान हत्तपत्त नभेटिने हुँदा अल्झिन्छ, कति पटक लडेर घाइते भएको छु ।’ चौपायालगायत सडकमा कुकुरले समेत बेलाबेला दुःख दिने गर्छ ।अपांगता भएकालाई सार्वजनिक थलो तथा सेवा सुविधामा पहुँच बढाउन ‘अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९’ बनेको छ । तर उक्त निर्देशिकाबमोजिम पर्याप्त भौतिक संरचना बनेका छैनन् ।अव्यवस्थित पार्किङ, खाल्डोखुल्डीदेखि निर्माणको सामग्री थुपारेको सामान्य मानिसका लागि समेत कठिन हुने बाटो हिँड्नु पर्दा धेरै गाह्रो हुन्छ । कतिपय बेला फुटपाथ सम्झेर हिँड्दै जाँदा ढल, खोलामा खसेर घाइते भएर महिनौंसम्म अस्पतालमा उपचार गर्नुपरेको छ । राजधानी सहरमा समेत अपांगतामैत्री सडक नहुनु, जेब्रा क्रसिङमा दृष्टिविहीनलाई संकेत गराउने टेक्टाइल साथै ध्वनियुक्त संकेत नहुँदा निकै असहज छ । देशभर अपांगता भएकाहरू ५ लाखभन्दा बढी छन् । धेरैजसोको दैनिक जीवनयापन सहज छैन ।

प्रकाशित : फाल्गुन ४, २०७८ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?