लापर्बाही नगरौँ, ओमिक्रोनले ज्यान लिन सक्छ : डा. रक्षा गौतम- भिडियो - कान्तिपुर समाचार

लापर्बाही नगरौँ, ओमिक्रोनले ज्यान लिन सक्छ : डा. रक्षा गौतम

कान्तिपुर संवाददाता

काठमाडौँ — मौसम परिवर्तनको समय सुरु भएसँगै धेरै मानिसहरूमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ । यससँगै कोरोनाको पछिल्लो भेरिएन्ट ओमिक्रोनको संक्रमण पनि द्रूत गतिमा बढिरहेको छ ।

आम मानिसले आफूलाई भएको संक्रमण मौसमी रुघाखोकी हो कि कोभिड संक्रमण छुट्याउन सकिरहेका छैनन् । यसले अस्पतालमा दैनिक रुपमा रुघाखोकीका बिरामीको चाप बढिरहेको छ । कोरोना संक्रमणको त्रासका कारण सामान्य रुघा लाग्दा पनि अस्पताल जानेको संख्या बढेको छ । यसै विषयमा चिकित्सक डा रक्षा गौतमसँग न्यूज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश पूरा पढ्न : लापर्बाही नगरौँ, ओमिक्रोनले ज्यान लिन सक्छ : डा. रक्षा गौतम

प्रकाशित : माघ ५, २०७८ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्

२४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित, ४ जनाको मृत्यु 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो ।

१८ हजार ७८ पीसीआर परीक्षणमा ९ हजार ५०२ जना र ५ हजार ३३१ एन्टिजेन परीक्षणमा १ हजार ८५० मा संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिएका छन् । २४ घण्टामा जम्मा परीक्षण २३ हजार ४०९ रहेको छ ।

२४ घण्टामा ६१३ जना निको भएका छन् । त्यस्तै २४ घण्टामा ४ संक्रमितको मृत्यु भएको छ ।

यो पनि

प्रकाशित : माघ ५, २०७८ १६:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×