२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

पार्टी सदस्य मनोनयनमा पक्षपात गरेको छैन : लिङ्देन

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यहरु मनोनयनमा कुनै पक्षपात नगरेको दाबी गरेका छन् ।
पार्टी कार्यालयमा बुधबार आयोजित मनोनीत नयाँ सदस्यहरुलाई शपथग्रहण गराउँदै अध्यक्ष लिङ्देनले आफूमाथि मनोनयनमा पक्षपात गरेको आरोप लागे पनि त्यो सत्य नभएको बताएका हुन् ।

पार्टी सदस्य मनोनयनमा पक्षपात गरेको छैन : लिङ्देन

उनले आगामी दिनमा पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त ढंगले प्रस्तुत गर्ने पनि बताए ।

अध्यक्ष लिङ्देनले पार्टीले राजसंस्था, हिन्दुराज्य पुनःस्थापनाको मुद्दासँगै भ्रष्टाचारविरुद्ध, जनजीविका, रोजगारसँग सम्बन्धित अन्य मुद्दाहरुसमेत लिएर अघि बढ्ने बताए । पार्टीमा मनोनयन सदस्यहरुको परिपूर्ति अहिले नै भइनसकेकोले अबका दिनमा लैंगिक, समावेशी र समानुपातिकताका हिसाबले गरिनेसमेत बताए । पार्टीमा महिलाको संख्यालाई संविधानबमोजिम पूर्ण गरेर जाने उनको भनाइ छ ।

प्रकाशित : पुस २८, २०७८ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?