महानगरको बेवास्ताले कुरूप बन्दै कमलपोखरी

काठमाडौँ — काठमाडौंको कमलपोखरीमा नियमित सरसफाई र व्यवस्थापन नहुँदा पोखरी कुरूप बन्दै गइरहेको छ।पोखरी र परिसरमा पनि पानीका बोतल, चाउचाउ, बिस्कुटका खोल, कपडालगायत यत्रतत्र फालिएको छ । मरेका माछाले पोखरीलाई दुर्गन्धित मात्र बनाएको छैन, सौन्दर्य नै घटाएको छ । पोखरीको यो अवस्था भइसक्दा पनि काठमाडौं महानगरपालिकाको नजर पुगेको छैन ।

महानगरको बेवास्ताले कुरूप बन्दै कमलपोखरी

कमलपोखरी क्षेत्र महानगरको वडा–१ मा पर्छ । यसबारे वडाध्यक्ष भरतलाल श्रेष्ठलाई सोध्दा केन्द्रबाटै पोखरी निर्माण भइरहेको भन्दै पन्छिए । ‘कमलपोखरी वडालाई हस्तान्तरण गरेपछि मात्रै सरसफाइ, संरक्षण गर्छौं,’ उनले भने, ‘निर्माणाधीन भएसम्म वडाले केही गर्दैन ।पोखरीमा के कारणले माछा मरे भन्ने विषयमा महानगर बेखबर छ । वडाध्यक्ष श्रेष्ठलाई त कसले पोखरीमा माछाको भुरा छाडेको हो, त्यो पनि थाहा छैन । महानगर प्रवक्ता ईश्वरमान डंगोलका अनुसार पोखरीमा केही समयअघि महानगरले नै भुरा छाडेको हो । स्थानीयहरू महानगरले पोखरीमा पानीको सतह नहेरी भुरा छाडेकाले अहिले धमाधम मरेको दाबी गर्छन् ।

महानगरपालिकाले ६ करोड ३६ लाख रुपैयाँमा पोखरी निर्माण गरिरहेको छ । पुस अन्तिम साता औपचारिक उद्घाटन गर्ने तयारी गरिए पनि हुन सकेन ।

प्रकाशित : पुस २१, २०७८ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?