कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

'हिउँ पन्छाउँदै अढाइ घण्टा हिँडेर ओडार भेटेपछि बाँच्ने आस पलायो’

काठमाडौँ — सिन्धुपाल्चोक हेलम्बुस्थित हिमाली भेगबाट गत असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स पुरिएपछि एसियाली विकास बैंक(एडीबी)को प्राविधिक टोली अहिले त्यसको अध्ययन गरिरहेको छ । पहिरो उद्गमस्थलको अनुसन्धानकै क्रममा गत साता ३६ सय मिटर उचाइमा गएको मेलम्चीको मुख्य ऋणदाता एडीबीको प्राविधिकसहित १५ जनाको टोली हेलम्बुको भेमाथाङस्थित हिउँमा फस्यो ।

'हिउँ पन्छाउँदै अढाइ घण्टा हिँडेर ओडार भेटेपछि बाँच्ने आस पलायो’

उनीहरूले सात दिन बिताएको टेन्टसहितको क्याम्प र इक्विपमेन्टसमेत करोडभन्दा बढीको सामग्री हिउँले बगाएपछि उनीहरू खुला आकाशमुनि उद्धारको आशामा बसे ।

तर मौसमको खराबीका कारण उद्धारका लागि हेलिकप्टर जान सकेन । हिउँ बाक्लिँदै ७ फिटसम्म पुगेपछि पहाडको माथिल्लो भागबाट खस्न थालेको हिउँ पहिरोले उनीहरूको ज्यानै लिनसक्ने अवस्था आयो ।

हिउँले ढुंगा र गेग्रान बगाएको ढ्वाङढ्वाङ आवाज आउन थालेपछि बसेको स्थान(क्याम्प) नछाडे हिउँमा बग्न सक्ने उनीहरूले अनुमान लगाए । आफूले लगाएको कपडा । आगो बाल्न र जेनेटर चलाउन लगेको डिजेल, क्यामेरासहितका सामान बोकेर अढाइ घण्टाको पैदल हिँडेपछि भेटिएको ओडारमा उनीहरूले एक रात बिताए ।

वरपर हिउँ परेकाले चिसोमा कठ्यांग्रिएर रात कटाएको उक्त टोलीलाई भोलिपल्ट (गत १६ गते) बिहान हेलिकप्टरले उद्धार गर्‍यो । उनीहरू गत ८ गते भौगोलिक अवस्थाको अध्ययनका लागि त्यहाँ गएका थिए । एडीबीको टोलीका पथप्रदर्शक सोनाम लामासँग हिउँमा फस्दाको अनुभव र उद्धारका बारेमा गरिएको कुराकानी :

प्रकाशित : पुस २०, २०७८ २२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?