नेपाल क्रिकेट संघ र खेलाडीबीचको 'सबै विवाद समाधान'- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल क्रिकेट संघ र खेलाडीबीचको 'सबै विवाद समाधान'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीबीच रहेको विवाद समाधान भएको छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेका अनुसार सोमबार बिहान खेलाडी र क्यानबीचको वार्तामा 'सबै विवाद समाधान' भएको हो ।

क्यान र खेलाडीबीच भएको सहमतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।प्रशिक्षक दासानायकेले सबै सन्तुष्ट हुने गरी निष्कर्षमा पुगिएको बताए ।'क्यान र खेलाडीका तर्फबाट आधिकारिक रूपमा सहमतिका बारेमा जानकारी आउनेछन् । तर क्यान र खेलाडीबीच निकै सकारात्मक वार्ता सम्पन्न भएको छ,' पत्रकारहरूसँगको कुराकानीमा उनले भने, ' बन्द प्रशिक्षणमा सबै खेलाडी उपस्थित हुनुहुन्छ भन्नेमा म ढुक्क रहेको छु।' आउने प्रतियोगितामा एकताबद्ध टिमका रूपमा नेपालले सहभागिता जनाउने पनि उनको भनाइ छ । त्यस्तै कप्तान सन्दीप लामिछाने बिग बास लिगको पहिलो चरणको खेल सकिएपछि टिममा सहभागी हुने पनि प्रशिक्षक दासानायकेले बताए ।

प्रकाशित : पुस १९, २०७८ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्

माओवादी अध्यक्षमा फेरि दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रको सम्पन्न ८औं महाधिवेशनपछि बसेको केन्द्रीय कमिटी बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल निर्वाचित भएका छन् । सोमबार ललितपुरमा बसेको पहिलो बैठकमा नेता नारायणकाजी श्रेष्ठले गरेको प्रस्तावमा कृष्णबहादुर महराले समर्थन जनाएका थिए ।

हललाई सम्बोधन गर्दै दिनानाथ शर्माले दाहाल सर्वसम्मतबाट निर्वाचित भएको घोषणा गरेका थिए । नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथग्रहणसँगै नेता श्रेष्ठले दाहाललाई अध्यक्षमा नाम प्रस्ताव गरेका थिए ।

आइतबार भने दाहालले नवनिर्वाचित केन्द्रीय सदस्यहरूको नामावली पढेर सुनाएसँगै आठौं‌ महाधिवेशन सम्पन्न भएको हो । यससँगै दाहाल ३ दशकभन्दा लामो समयदेखि माओवादीको नेतृत्वमा रहँदैआएका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि उनले आफूले महत्वपूर्ण अवस्थामा पार्टीको नेतृत्व गर्ने अवसर पाएको प्रतिक्रिया दिएका छन् ।

पदाधिकारीका अरु पदमा भने टुंगो लागेको छैन । माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।




प्रकाशित : पुस १९, २०७८ १७:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×