नयाँ वर्षले जनकपुरमा पर्यटकहरुको भरिभराउ- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ वर्षले जनकपुरमा पर्यटकहरुको भरिभराउ

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको कारणले थला परेको जनकपुरको पर्यटन क्षेत्र अहिले नयाँ वर्षमा भरिभराउ भएको छ ।

अंग्रेजी नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकहरुको घुइँचो लागेको छ । भगवानको दर्शन र पूजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस् भन्ने अभिलाषाका साथ जनकपुरमा पर्यटकहरु भरिएका छन् । शनिबार बिहानैदेखि जनकपुरको जानकी मन्दिर, राममन्दिरलगायतका धार्मिक मठमन्दिरहरुमा पर्यटकहरुको भिड लागेको छ । भारतीय गाडीहरुको चाप बढेको छ । महोत्तरीको जलेश्वर र धनुषाको जटही नाकाबाट भारतीय पर्यटकहरु अत्यधिक रुपमा जनकपुर आएका छन् ।

कोरोनाको कारणले जनकपुरसहितको पर्यटन क्षेत्र सुस्त भएको थियो । अहिले बिहार राज्यको मात्रै नभई अन्य प्रान्तबाट समेत जनकपुरमा पर्यटकहरुको भिड देखिएको छ । नेपालका साथै छिमेकी मुलुक भारतका दक्षिण भारत, राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, बिहार, उत्तरप्रदेश सिमला, उत्तराखण्डलगायत राज्यबाट हजारौंको संख्यामा पर्यटक जनकपुरधाम आउने गरेका छन् । त्यसैगरी, मौरिसस, फिजी, मलेसियाको बाली, इन्डोनेसिया, श्रीलंका, अमेरिका, चीनलगायत मुलुकबाट पर्यटक जनकपुरधाम आउने गरेको यहाँका होटेल व्यवसायी बताउँछन् ।

नयाँ वर्षको अवसरमा भने बिहारसहित विभिन्न प्रान्तका पर्यटकहरु जनकपुर आएका छन् । अहिले जनकपुरको होटलहरु पर्यटकले भरिभराउ भएको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासले जानकी मन्दिरमा तीन चार वर्षपछि यतिको संख्यामा पर्यटक आएको भन्दै खुशी व्यक्त गरे ।

अहिले भारतीय गाडिको चाप समेत अत्याधिक बढेको छ । भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानुकुमारीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएकाले यसलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ ।

प्रकाशित : पुस १७, २०७८ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्

नीलम कार्कीलाई गंकी धुस्वां-बसुन्धरा पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको गंकी धुस्वां–बसुन्धरा पुरस्कार उपन्यासकार नीलम कार्की निहारिकालाई प्रदान गर्ने घोषणा गरिएको छ । गंकी धुस्वां–बसुन्धरा प्रतिष्ठानले शुक्रबार यस्तो घोषणा गरेको हो ।


प्रतिष्ठानले शुक्रबार दुई पुरस्कारको घोषणा गरेको छ। प्रतिष्ठानले कार्कीको उपन्यास 'द्रौपदी अवशेष'का लागि उक्त पुरस्कार प्रदान गरेको हो । यस्तै प्रतिष्ठानले धुस्वां सायमि सिर्जना पुरस्कार कलाकार गोविन्दलाल सिंह डंगोललाई प्रदान गर्ने घोषणा गरेको हो।

साहित्यकार धुस्वां सायमि र उनकी पत्नी बसुन्धरा मानन्धरको नाममा स्थापना गरिएको पुरस्कार हरेक दुई वर्षमा लेखक तथा उपन्यासकारहरूलाई प्रदान गरिँदैआएको छ । पुरस्कार वापत दुवै श्रष्टालाई ५० हजारका दरले नगद प्रदान गरिन्छ ।

प्रतिष्ठान सचिव प्रतिसरा सायमिद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत् २०७८ सालको पुरस्कार बारे निर्णय सार्वजनिक गरिएको हो ।

प्रकाशित : पुस १७, २०७८ १५:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×