१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कांग्रेस समाप्त भयो भने ९ लाख कार्यकर्ताको भविष्य सकिनेछ : गगन थापा

काठमाडौँ — नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

कांग्रेस समाप्त भयो भने ९ लाख कार्यकर्ताको भविष्य सकिनेछ : गगन थापा

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता थापाले कांग्रेस नसुध्रिए समाप्त भएर जाने बताए । उनले पार्टी सकिए आफ्नो र पार्टीका ९ लाख कार्यकर्ताहरूको भविष्य पनि समाप्त हुने चिन्ता व्यक्त गरेका हुन् ।

नेता थापाले ९ लाख पार्टीका कार्यकर्तालाई कांग्रेस सकिन्छ भन्ने डर लागेजस्तै नेपाली कांग्रेसको रुख चिन्हमा मत नहालेको मानिसलाईसमेत कांग्रेस सकिन्छ भन्ने आवश्यकता बोध गराउन सके मात्रै त्यसै विजयी बन्ने बताए ।

नेता थापाले चुनावभन्दा परको अवस्था हेरेर अघि बढेमा मात्रै कांग्रेस सबल बन्ने उनको भनाइ थियो । ‘कसले बिगार्‍यो कांग्रेस भन्ने मात्रै होइन, कसले सुधार्छ कांग्रेस भन्ने मात्रै होइन, किन सुधार्ने कांग्रेस ? कांग्रेस सुध्रेन भने के हुन्छ ? सुध्रेन भने कांग्रेस सकिन्छ । कांग्रेस सकियो भने के हुन्छ ? सकियो भने म नेपाली कांग्रेसको कार्यकर्ता भएकोले गर्दा मेरो सबै कुरा पार्टीसँग छ । मलाई चिन्ता लाग्ने सबै कुरा मेरा कुरा भए । हामी ९ लाख पार्टीका कार्यकर्ताहरू छौं । हाम्रो पार्टी नै सकियो भने हाम्रो अस्तित्व जोडिएको कुराको नाश हुने कुरा हो,' नेता थापाले भने

प्रकाशित : मंसिर २१, २०७८ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?