राप्रपा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेनको उम्मेदवारी

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशन अन्तर्गत अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङदेनको उम्मेदवारी परेको छ ।

राप्रपा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेनको उम्मेदवारी

यस्तै एक महिलासहित ४ उपाध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । जस अन्तर्गत जगत प्रसाद गौचन, रामचन्द्र राय यादव, लिला देवी श्रेष्ठ, विक्रम पाण्डे, रोशन कार्की, ध्रुव बहादुर प्रधान, वुद्धिमान तामाङ र गंगादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।यस्तै एक महिलासहित तीन महामन्त्री पदका लागि रेखा थापा, डा धवल शमशेर राणा, श्याम प्रसाद तिमल्सिना, भुवन कुमार पाठक, भास्कर भद्रा र कुन्ती कुमारी शाही गरी ६ जनाको उम्मेदवारी परेको छ । यसरी राप्रपामा ८ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ ।

यस्तै १४१ केन्द्रीय सदस्य पदका लागि २६४ जनाको उम्मेदवारी परेको छ । शुक्रबार अपराह्न ४ बजेसम्म दाबी, विरोध तथा नाम फिर्ता लिनका लागि समय दिइएको छ । त्यसपछि मात्रै अन्तिम नामावली सार्वजनिक गरिने वरिष्ठ अधिवक्ता तथा निर्वाचन समितिका सदस्य राजु बस्नेतले जानकारी दिए । समितिले बिहीबार साँझ नै ४३८० जनाको मतदाता नामावली प्रकाशन गरेको थियो ।

प्रकाशित : मंसिर १७, २०७८ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?